Happy Holi (होली-शुभकामना)
केहि समय अघि मात्र साउदी आरामको हाराध म्याराथून प्रतियोगितामा पाँच जना नेपालीहरु बिजय हुन सफल भएका थिए भने केहि समयको अन्तराल पछि मुस्लिम धर्मालम्बिहरुको महान पर्व इदको सु-अवसर पारेर एक प्रतिष्ठित कम्पनी साउदी आरामको अयल कम्पनीद्धारा आयोजीत खुल्ला भलिबल प्रतियोगितामा सामेल हाराध क्याम्पवासी प्रवासी नेपालीहरुको समूहले १२ अन्य समूहहरुलाई पछि पार्दै प्रथम स्थान ओगट्न सफल भयो । प्रतियोगिता सम्पन्न पछि गत आइतबार अक्टोबर २८ मा सोहि कम्पनीद्धारा आयोजित रात्री भोज कार्यक्रममा उक्त विजयी नेपाली समूहलाई आयोजक कम्पनीका म्यानेजर सहित उच्च तहका बरिष्ठ पदाधिकारीहरुद्धारा पुरस्कृत गरिएको थियो ।
यसरी, परदेशमै रहेर पनि नेपालीहरुले आफ्नो देशको नाम र कृतिमानलाई उच्च स्थानमा फहराउन पछि परेका छैनन भन्ने सत्यताको यो पनि एउटा उदाहरण बनेको छ ।
“नायकसँगै सिनेमा हेर्दा”
जगिरको खोजीमा निस्केको युवकको प्रमाणपत्र फाइल खोसिएपछि युवक झस्कन्छ । लुटेरा खोज्न प्रहरी निरीक्षकको पोसाकमा युवक चमत्कारिक रूपमा पर्दामा देखा पर्छ । दर्शक ताली पिट्छन् । खेदाउने क्रममा उसलाई पनि गुन्डाले खेद्छन् । अनि सुरु हुन्छ- खतरनाक स्टन्ट । विराटनगरको इन्द्र चलचित्र मन्दिरमा शनिबारसँगै बसेर चलचित्र हेर्दै गरेका नायक निखिल उप्रेतीलाई पछाडि बसेका दर्शक भन्दै थिए, ‘दाइ यस्तो खतरनाक सट साँच्चै हो ?’ जम्प गरेर लामो फर्लाङ मारेको र ‘फ्लाइङ किक’ हिर्काएको द्वन्द्वको दृश्य रमाइलो माने पनि दर्शक अपत्यारिलो मानिरहेका थिए ।
निखिलसँगै नायक सुनिलदत्त पाण्डे, पुष्प श्रेष्ठ र विष्णु सापकोटाले सिनेमा सुरु हुनुअघि पर्दा अगाडि उभिएर दर्शकलाई सम्बोधन गरेका थिए । त्यसपछि सँगै बसेर चलचित्र पनि हेरे । बेलाबेला उप्रेतीको अटोग्राफ माग्न उर्लने भीड थाम्न सिने हलका कर्मचारीलाई गाह्रो भइरहेको थियो । आफैंै कथा तयार पारेर अभिनयमात्र होइन ‘सावधान’ नामक चलचित्र निर्माणका लागि लगानीसमेत गरेका उप्रेतीले प्रदर्शनको स्थिति हेर्न भ्रमणमा निस्केको बताए ।
सावधानमा यस्ता पनि दृश्य छन् जो हिन्दी फिल्ममा पनि प्रयोग भएका छैनन्, उनले भने, ‘सकेसम्म स्तरीय सिनेमा दिनेे प्रयास हो, पुगेका ठाउँमा दर्शकले मन पराइरहेको पाइयो ।’ बेरोजगारीले युवालाई गाँजेपछि पछि त्यसले ठूलो रूप लिने देखाइएको कथावस्तु रहेको सावधानका विषयमा उनले भने, ‘सरकारले ध्यान दिनुपर्ने समस्यालाई हामीले देखाउने प्रयास गरेका छौं । मुलुकका सात सहरमा एकैसाथ प्रदर्शन भइरहेको चलचित्रले आशातीत दर्शक पाएको उनले सुनाए । ‘अहिलेसम्म २५/२६ वटा फिल्म खेलियो, लगानी गरेर बनाएको यो पहिलो हो,’ उनले भने, ‘हामीलाई अझै सन्तुष्टि छैन, नेपाली सबैखाले दर्शक समेट्ने सिनेमा बनाउन प्रयास जारी छ ।
“बाँसुरीमा अटाएका धुन”
माथी माथी सैलुङ्गेमा… , सिमसिमे पानीमा.. जस्ता दर्जनौँ चर्चित गीतका बाँसुरीवादक हुन्– पञ्च लामा। लामाले गोपाल योञ्जन, कर्म योञ्जन, शम्भुजित बासकोटालगायतका थुप्रै सङ्गीतकारका सङ्गीतमा बाँसुरीको धुन भर्ने काम गरेका छन्।
तबला, मादल, किबोर्ड, गितारका समेत पोख्त ३६ वर्षीय बाँसुरीवादक लामाका ‘चौतारी’, ‘झ्रना’, ‘यात्रा’ र ‘प्रे’ शीर्षकमा वाद्यवादनका अल्बमहरू निस्किएका छन्। विगत पन्ध्र वर्षदेखि जापानमा वाद्यवादनकै काम गर्दै आएका लामाले उतैका जापानीहरूसँग मिलेर २०५२ सालमा चौतारी व्यान्ड खोली सङ्गीत सम्बन्धी कार्यक्रम गर्दै आएका छन्। भन्छन्, “जापानमा धेरै देशका ‘प्रोफेशनल म्युजिकल ग्रुप’ छन् तर नेपालका थिएनन्। त्यहाँ नेपाली म्युजिक नदेख्दा बनाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।” व्यान्ड खोलेपछि उनले नेपाली अल्बम समेत निकाल्दै आएका छन्।
उनले दुई वर्षअघि आफ्नो गाउँ सर्लाही, घुर्क्यौलीमा असहाय विद्यार्थीहरूका निम्ति तीन कक्षासम्मको पञ्च इसाका स्कूल खोलेका छन्। त्यहाँ १६ जना विद्यार्थीहरूले निःशुल्क बस्न, खान र पढ्न पाएका छन्। जापनिज साथीहरूको सहयोग र सीडी बिक्रीबाट उठेको १० प्रतिशत रकम स्कूललाई नै छुट्याउने गरेको उनी बताउँछन्।
घरमा काम गर्ने हलीले बाँसुरी बजाएको देखेर १० वर्षको उमेरमा मोहित भएर उनैसँग बजाउन सिकेका थिए, लामाले। भन्छन्, “पहिलो चोटि मैले नाचिदेऊ मैच्याङ्ग तिमी डम्फूको तालैमा… भन्ने धुन बाँसुरीमा ढालेँ।” १२ वर्षको उमेरमा गाउँमा चर्चित भइसकेका उनी रेडियोमा बज्ने गीत जस्ताको तस्तै उतार्न सक्थे।
प्रतिभा देखेर १६ वर्षको उमेरमा नै उनलाई ‘महेन्द्र पुलिस क्लब’ले वाद्यवादनको जागिर खान बोलायो। ५ वर्ष त्यहाँ काम गरेपछि म्युजिक नेपाल, रेडियो नेपालमा बाँसुरी बजाउने र ग्यालेक्सी स्कूलमा सिकाउने काम गरे। २०४७ सालमा जापानको एक रेष्टुरेन्टमा वाद्यवादकका रूपमा पुगेका लामा त्यहीँ नै ‘टेक्सो म्युजिक कम्पनी’ खोल्न पुगे। भन्छन्, “जापानमा गएर मैले कमाउनेतिर भन्दा पनि आफ्नो कलालाई नै निरन्तरता दिनेतर्फ लागेँ।”
नेपालमा वाद्यवादकलाई अझ्ै पहिचानको समस्या रहेको उनी बताउँछन्। भन्छन्, “गायक, सङ्गीतकारलाई एउटै गीत हिट भए पनि सबैले चिन्छन्। तर हामी वाद्यवादकहरू सयौँ हिट गीतमा बजाए पनि हत्तपत्त चिनिँदैनौँ।”
“जलभन्दा मेलिना अगाडि”
फिल्मी नायिकाहरुमध्ये टेलिचलचित्र बनाउने आ“ट र्सवप्रथम नायिका करिश्मा मानन्धरबाट भए पनि मानन्धरको निर्माणमा नाम मात्र उनको र काम सबै उनैका श्रीमान् विनोद मानन्धरको भएका कारण त्यसले खासै महत्व राखेको छैन। तर नायिका जल शाहले टेलिचलचित्र घरको निर्माण गर्नुलाई भने महत्वको रुपमा हेरिएको थियो। जलले चलचित्र क्षेत्रबाट जे-जति रकम कमाएकी थिइन् त्यसैको केही हिस्सा लगानी गरेर निर्माण गरेको टेलिचलचित्र घरको एक भाग छाया“कन गरेर नेपाल टेलिभिजनलाई बुझाएको वर्षौं भइसकेको छ तर टेलिभिजनले स्वीकृत-अस्वीकृत केही नभनेका कारण जल दोधारमा परेकी छन्। जलको घरभन्दा पछि निर्माण गरेर बुझाएको नायिका मेलिना मानन्धरको टेलिचलचित्र करुणालाई भने नेपाल टेलिभिजनले छिट्टै स्वीकृत दिएर धारावाहिक रुपमा प्रसारण गरिसकेको छ। करुणाको प्रमुख भूमिकामा रहेकी मेलिना मानन्धर चलचित्रबाट गुमेको साख कमाउन व्यस्त छिन् ।
गत जेठ महिनामा मात्र अमेरिका पलायन भएकी अर्की नायिका रुपा उपाध्यायद्वारा निर्मित टेलिचलचित्र जासुस पनि नेपाल टेलिभिजनमा बुझाएको धेरै भइसकेको छ। त्यहा“बाट कुनै जवाफ नआएका कारण त्यस टेलिचलचित्रलाई भिसिडीमार्फत् बजारमा ल्याउने सोच रहेको रुपाकी आमा शारदा उपाध्यायले बताइन्। उनी भन्छिन्- ँजसरी भए पनि लगानी त उठाउनै पर्यो नि ।
नेपाली चलचित्रको बजार दिनानुदिन खस्क“दै गएको वर्तमान पर्रि्रेक्ष्यमा कलाकारको मुकाम हाल टेलिचलचित्र नै बन्न थालेको छ। ठूलो पर्दाको चलचित्रमा जस्तो यसमा मोटो रकम नभए पनि प्रशस्त नाम र इज्जत भएका कारण सबैको आकर्षा यसैतर्फबढिरहेको छ। अझ नायिकाहरुलाई त लामो समयसम्म चर्चित बनाइरहन यसले मद्दत गर्दै आएको पनि छ र धेरै नायिका जन्माउने काम सानो पर्दाले नै गरेको छ ।