Rajtamu.blogsome.com
Inside Rajtamu Webpage:- Nepali Folk : Modern : Pop : Remix : Comedy : Gurung Music Videos : Nepali News : Events & Entertainments Etc.

:: Introduction

:: Info

:: Wishes

:: Article

:: Poem

:: Gazal

:: Sport

:: News

:: Entertainment

:: My Photos

:: Fan Photos

:: My Office Videos

:: Modern Videos

:: Folk Videos

:: Pop Videos

:: Fun Videos

Designer
Administrator
Youb Raj Tamu
rajtamu05.yahoo.com
Cybersansar Lovely Pokhara Online Live TV Nepal1 Live
My love Fursad.com DCNepal.com

“साउदी अरबको हाराधमा नेपालीहरुको तेश्रो सफलता”

Filed under: News

साउदी अरबियाको एक प्रतिष्ठित कम्पनी साउदी आरामको आयल कम्पनीद्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा बिभिन्न मुलुकका नागरिकहरुको सहभागिता रहेको थियो । हाराध स्थित सोहि कम्पनीको क्याम्पमा गरिएको उक्त प्रतियोगितामा जम्मा ९ समुहहरुले सहभागिता जनाएका थिए । जसमा नेपालीहरुको तर्फबाट समुह “क” र “ख” गरि दुई समुहले भाग लिएको थियो । प्रतिस्पर्धी ९ समुहहरुलाई कडा प्रतिस्पर्धाको साथ पछि पार्दै नेपाली तर्फ दुबै समुह अन्तिम चरणमा पुगेर प्रथम र द्धितीय पुरस्कार आफ्नो पोल्टोमा परेका थिए । इस्लामिक धर्म समुदायहरुको महान पर्व इदको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पुरस्कार बितरण कार्य भने अक्टोवर १३ तारिख एक रात्रि भोजको साथमा गरिएको थियो । पुरस्कार उक्त कम्पनीको मेनेजर सहित उच्च तहका बरिष्ठ पदाधिकारीहरुद्धारा प्रदान गरिएको थियो । (more…)

“पोखरामा आन्तरिक बजार खोज्दै गुरुङ चलचित्र”

Filed under: News

पोखरामा गुरुङ चलचित्र निर्माण शुरु भएको डेढदशक पुग्नै आँटेको छ । डेढ दशक अवधिमा झण्डै ५ दजर्नको हाराहारीमा गुरुङ चलिचत्र बनिसकेका छन् ।

हिमाली र पहाडी जनजीवनसँगै गुरुङहरुको सँस्कृतिलाई उजागार गर्ने मुख्य अभियानसहित चलचित्र निर्माण हुदैं आएका छन् । त्यसो त डेढदशकको अवधिमा चलचित्र निर्माणको क्रमम पनि परिवर्तन हुदैं आएको छ । शुरुमा सस्कृतिसँगमात्रै जोडिएको फिल्म बन्थे भने पछिल्लो समयमा शहरी जनजीवन एवं आधुनिक शैलीमा चलचित्र निर्माण गर्ने बढेको छ । आधुनिक तर्फढल्कदै गएपछि लगानीको हिसाबले पनि चलचित्र डेढदशकै अगाडिको स्थितिमा छ । डेढदशक अघि निर्माण गरिएको चलचित्रको लागत र अहिलेको लागत उस्तै छ । प्राविधिक रुपमा सबल बन्दै गएको छ भने गुरुङ चलचित्रको कथापनि आधुनिक बन्दै गएको छ । गुरुङ चलचित्र निर्माणमा झण्डै ३ करोड रुपियाँ लगानी भइसकेको गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से गुरुङ बताउँछन् । (more…)

तमू धिं साउदी अरबद्धारा शोकसभा

Filed under: News

तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबका अध्यक्ष श्री ओम घले ज्यूको पुज्यनिय पिता स्वर्गिय धनराज घलेको १३ औं दिनको पुण्यतिथीमा तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबले शोक सभाको आयोजना गरियो । ११ जुलाई २००८ शुक्रबार दमाम स्थित एक होटलको सभाकक्षमा तमू धिंका प्रथम उपाध्यक्ष श्री सोम प्रसाद तमूको सभापतित्वमा आयोजना गरिएको उक्त सभालाई महासचिव खेम तमूले सञ्चालन गर्नु भएको थियो । स्वर्गिय धनराज घलेको नाममा एक मिनेट मौन धारण गरि शुरु गरिएको उक्त सभामा तमू धिं का केन्द्रिय प्रवक्ता श्री राजपति तमूले धिं को तर्फबाट स्वर्गिय धनराज घलेको चिर शान्ति र र्स्वर्गमा बास पाउन् भन्ने कामना सहित शोक सन्तप्त परिवारमा भगवान श्री गौतम बुद्धले धैर्य धारणा गर्ने शक्ती प्रदान गरुन भनी समाबेदना ब्यक्त गर्नु भएको थियो । त्यसपछि तमू संस्कृति अनुसार धिं का तर्फबाट अध्यक्ष श्री ओम घलेलाई प्रथम उपाध्यक्ष श्री सोम प्रसाद तमूले टोपी लगाई दिएर स्याई स्याई गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण तमूहरुबाट पनि स्याई स्याई गरी कार्यक्रम समाप्त भएको थियो । (more…)

तनहुँमा खुल्ला म्याराथुन प्रतियोगिता सम्पन्न

Filed under: News

असार १४ गते शनिवार, दमौली रोटरयाक्ट क्लव अफ तनहुँले आयोजना गरेको तेस्रो सचिव स्मृति खुल्ला म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ ।

खुल्ला म्याराथुनमा नेपाली सेनाका जवान शङ्खमान श्रेष्ठले प्रथम स्थान हासिल गर्नु भएको छ भने द्धितिय र तृतीय स्थान सशस्त्र प्रहरीका हवल्दार सुरेश दानी ,सहायक हवल्दार कर्णवहादुर रानाले हासिल गर्नु भएकोछ ।

म्याराथुन प्रतियोगिताको सभाभतित्व रोटरयाक्ट क्लवका अध्यक्ष दामोदर भण्डारीले गर्नु भएको थियो भने पुरस्कार बितरण रोटरी क्लव अफ दमौलीका अध्यक्ष कृष्णचन्द्र सुवेदीले गर्नु भएको थियो ।

प्रथम हुनेलाई तीन हजार, द्धितिय हुनेलाई दुई हजार र तृतीय हुनेलाई एक हजार र प्रमाणपत्र रहेको थियो ।

तमु छोंज धिं द्धारा तमु सभासदहरुलाई स्वागत

Filed under: News

तमु छोंज धिं केन्द्रिय समितिले गत जेष्ठ १४ गते संविधान सभा चुनाव २०६४ मा विभिन्न पाटीहरुबाट निर्वाचित तमु सभासदहरुलाई स्वागत तथा वधाई कार्यक्रम सम्पन्न गरेको छ । छोंज धिं को केन्द्रिय कार्यलय मित्रनगर गोंगुबु काठमाण्डौमा गरेको उक्त कार्यक्रममा नेपाली काग्रेंसबाट प्रत्यक्ष र समानुपातिक गरि सात जना, ने क पा माओवादीबाट छ जना, ने क पा एमालेबाट छ जना र रा प्र पा नेपालबाट निर्वाचीत एक जना गरि जम्मा २० जना तमु सभासदहरुलाई स्वागत तथा वधाई कार्यक्रम गरेको छ । दलिय राजनिति भन्दा माथि उठि जातिय उत्थानको लागि काम गरि रहेको साझा तमु संस्था तमु छोंज धिले आफ्नो स्थापना काल देखि जुन सुकै ठाउँबाट माथि पुगेका, देश र जनताका लागि उत्कृष्ट कार्य गरेका र तमु जातिय उत्थानका लागि महत्वपुर्ण योगदान पुर्याउने तमु व्यक्तित्वहरुलाई सम्मान गर्ने परम्परा अनुसार यो कार्यक्रम गरिएको हो । केन्द्रिय सभापति डा. रेम बहादुर तमुको सभापतित्वमा, सचिव भिम तमुको सञ्चालन र महासचिव खड्ग बहादुर तमुले स्वगात तथा कार्यक्रमको औचित्य वारे प्रकास पारेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य रेशम तमुले तमु छोंज धिंको संस्थागत धारणा संस्थाको लक्ष्य र उदेश्य वारेमा बोलेका थिए । उक्त कार्यक्रममा बोल्नु हुदै माननीय राज्य मन्त्रि इन्द्र बहादुर तमुले गणतन्त्रलाई कार्यान्वयन गर्ने कुरा स्वयत्तताका कुरा अनि आत्म निणयका कुरा भाषण गरे जस्तो सजिलो नभएको कुरा व्यक्त गर्नु हुदै हाम्रो जातिय उत्थानको लागि पाटीको कुरा भन्दा माथि उठाएर लैजानु पर्ने विचार राख्नु भयो । सभासद तथा ने क पा एमालेका केन्द्रिय नेता पृथ्वी सुब्बा तमुले संविधान सभाको चुनावबाट विजय भई आएका हामी तमु सभासदहरुलाई अब बनाउन थालिएको संविधानमा तमु सभासदहरुले आफ्नो जातिय उत्थानका लागि ठुलो भुमिका निर्वाह गर्न तमु छोंज धिंले गरेको आग्रहलाई हामी सबै तमु सभासद मिलेर पुरा गर्नु पर्ने विचार राख्नु भयो । नेपाली काग्रेसबाट निर्वाचीत सभासद सुरयमान तमु तमु छोज धिंले ऐतिहासिक रुपमा सम्पन्न गर्न लागेको तमु संस्कृति झल्किने र पहिचान प्रस्तुत गर्ने तमु संग्रहालय बनाउन थालेकोमा खुशी व्यक्त गर्दै पाटी सरकारमा भए पनि नभए पनि सहयोग गर्ने कुरा राख्नु भयो । त्यस्तै गरि ने क पा माओवादी तर्फाट निर्वाचीत सभासद राजकाजी तमुले आफ्नो पाटीले जातिय हक हित आधिकार सुनिश्चित गर्नको लागि शुरु देखि नै आवज उठाउदै आएकोले तमु छोंज धिले तमु जातिय उत्थानको लागि चालेको कदम प्रति सदैब सहयोग रहने विचार व्यक्त गर्नु भयो । उक्त स्वागत तथा वधाई कार्यक्रममा उपस्थित महिला सभासदहरुको तर्फबाट बोल्नु हुदै ने क पा एमालेका सभासद रत्ना तमुले तमु जातिलाई अगाडी लैजानको लागि र्सवप्रथम पाटीको कुरा भन्दा जातिय संरक्षण र सर्म्वदन गर्न लाग्नु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी तमु छोंज धिं संरक्षक परिषदका सभापति शेर बहादुर तमुले हाम्रो तमु जातिय अस्तित्वका लागि जो जहाबाट सक्छ त्यही बाट लाग्नु पर्ने सुझाब व्यक्त गर्नु भयो । उक्त स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा तमु छोंज धिं केन्द्रिय सभापति डा.रेम बहादुर तमु, महिला सभापति कमला तमु र तमु छोंज धि काठमाण्डौ जिल्ला समितिका पदाधिकारीहरुले सयुक्तरुपमा तमु सभासदहरुलाई फुलमाला तथा खादा प्रदान गरिएको थियो ।

भिम तमु, बुटवल रुपन्देही
bhimgurung1@yahoo.com






















Visitors
Walmart Coupons
©Copyright 2005, www.rajtamu.blogsome.com All Rights Reserved