“साउदी अरबको हाराधमा नेपालीहरुको तेश्रो सफलता”
साउदी अरबियाको एक प्रतिष्ठित कम्पनी साउदी आरामको आयल कम्पनीद्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा बिभिन्न मुलुकका नागरिकहरुको सहभागिता रहेको थियो । हाराध स्थित सोहि कम्पनीको क्याम्पमा गरिएको उक्त प्रतियोगितामा जम्मा ९ समुहहरुले सहभागिता जनाएका थिए । जसमा नेपालीहरुको तर्फबाट समुह “क” र “ख” गरि दुई समुहले भाग लिएको थियो । प्रतिस्पर्धी ९ समुहहरुलाई कडा प्रतिस्पर्धाको साथ पछि पार्दै नेपाली तर्फ दुबै समुह अन्तिम चरणमा पुगेर प्रथम र द्धितीय पुरस्कार आफ्नो पोल्टोमा परेका थिए । इस्लामिक धर्म समुदायहरुको महान पर्व इदको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पुरस्कार बितरण कार्य भने अक्टोवर १३ तारिख एक रात्रि भोजको साथमा गरिएको थियो । पुरस्कार उक्त कम्पनीको मेनेजर सहित उच्च तहका बरिष्ठ पदाधिकारीहरुद्धारा प्रदान गरिएको थियो ।

यस प्रकारको प्रतियोगिता हरेक साल हुदै आएको र जसमा नेपाली टिमले हरेक साल उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यो उनिहरुको तेश्रो सफल्ता हो । विदेशमा रहेर पनि नेपालीहरुले आफ्नो देशको नाम र कृतिमानलाई उच्च स्थानमा फहराउन पछि परेका छैनन् भन्ने सत्यता यो एउटा उदाहरण बनेको छ ।
युब राज गुरुङ
साउदी अरब, हाराध
Visitors