दुई वटा थरका चेपुवामा परेका गुरुङहरु
बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशमा वि सं २०४६ सालको जनआन्दोलन यता नेपालका थुप्रै आदिवासी जनजातिमा आफ्नो संस्कृति र परम्परा प्रति चेतनाको संचार भयो । त्यस क्रममा विभिन्न जातजातिहरु आ-आफ्ना विगत र जातीय इतिहासलाई खोज्न र अध्ययन गर्न थाले । यस दौरान नेपालको गण्डकी प्रदेश लगायत अधिराज्यै भरि फैलिएका गुरुङहरुले पनि आफुलाई गुरुङ भन्दा पनि तमुको रूपामा चिनाउन रुचाए र आफ्नो नामको पछाडि गुरुङको ठाउँमा तमु लेख्न थाले । हुन पनि साँस्कृतिक लेखक प्रदीप थापामगर आफ्नो कृति “को हुन जात फेर्नेहरु” मा लेख्नु हुन्छ- “गुरुङहरुले “तमु” लेख्ने चलन चलाउनु र र्राईहरुले “किराती” लेख्ने परम्परा बसालनु थाल्नुलाई भने आफ्नो पुख्र्यौली कुलमा फर्किने अभियान मान्नुपर्छ ।”
आफ्नो जातीय इतिहास, संस्कार, संस्कृति र अस्तित्वप्रतिको अलिकति पनि हेलचेक्रयाइँले समयक्रमसँगै के-कस्ता जटिल समस्याहरु उत्पन्न गर्न सक्छन् र आउँदो पुस्तालाई कतिसम्म गाह्रो स्थितिमा पार्न सक्छन् भन्ने उदाहरणहरु गुरुङ समाजले परसस्तै देखि सकेको छ । शाहवंशीय तथा राणाशासनकालमा पाएका पदवी र सम्मानलाई नै आफ्नो जातीय पहिचान बनाएर हिँडेकाहरु आज बडो अप्ठ्यारो र दुविधापुर्ण स्थितिबाट गुज्रिरहेका छन् । उनको लागि त्यो पदवी अँगाल्नु न फाल्नु भइसकेको छ । हुन त प्रायः जसो जातीय इतिहासमा यस प्रकारका उतार-चढाव, फेरबदल र अप्ठ्यारो स्थिति आउने नै गर्छ । तर बेलैमा पुर्याइएको सजगताले यस्ता खाले समस्याहरुलाई रोक्न मात्रै होइन समयमै चिनेर यसको निदान गर्न पनि सकिन्छ । यसको निम्ति ती जातजाति र समुदायभित्रका सदस्यहरुले आफ्नो जातीय अस्तित्वलाई जोगाउन समयमा नै जिम्मेवारी बोध गरेर आवश्यक कदमहरु चाल्नु पर्ने हुन्छ ।
अन्य जातजाति र समुदायहरुमाझैं गुरुङ “तमु” समाजमा पनि थुप्रै मोड र आरोह-अवरोहहरु आएका छन् । भन्नु नै पर्दा, अचेल गुरुङ “तमु” जाति थुप्रै विसंगति र समस्याहरुसित एकै साथ लड्दै छ । बेलैमा होस नपुर्याए यिनले भविष्यमा गुरुङहरुको जातीय पहिचान माथि ठुलो कुप्रभाव पार्न सक्दछन् । आजको गुरुङ समाजले कठोरपुर्ण साँस्कृतिक विचलन देखि लिएर आधुनिकीकरणसम्मको मार एकैसाथ खेप्दै छ । यस लेखको आशयचाहिँ गुरुङ “तमु” समाजमा विस्तारै सल्कीरहेको निकै गहन समस्याको बारेमा छलफल गर्नु हो । जसरी गुरुङहरुले आ-आफ्नो नामको पछाडि “तमु” लेख्न शुरु गरेका छन् निकट भविष्यमा यसले ठुलो समस्याको सिर्जना गर्न सक्दछ । साँच्चै, आफ्नो जातीय विगत र सांस्कृतिक इतिहासलाई मायाँ गर्नु असंगतपुर्ण कदम कदापि होइन । तर त्यो क्रममा हामीले धेरै होशियार हुनु पर्छ । सबै भन्दा पहिले त यो तथ्यको जानकारी राख्नु पर्ने हुन्छ कि के साँच्चै गुरुङहरु उहिले तमु भनेर प्रख्यात थिए अथवा गुरुङको ठाउँमा तमु लेख्ने चलन एउटा लहडमा मात्रै सीमित छ ।
खोजको सिलसिलामा, डिल्लीजङ तमु आफ्नो कृति “तमु जातिको लुकेको इतिहास” मा लेख्नु हुन्छ- “तमु भाषामा राजालाई “मु्र” भनिन्छ भने जातिको नाम पनि तमु नै रहेको देखिन्छ । “त” पछि थपिएको पनि हुन सक्दछ अथवा “त” पछि लोप भई “म” मात्र रहन गएको पनि हुन सक्दछ।” वहाँले यस प्रकार तमु शब्दको उत्पत्ति बारे लेखेका छन् । केही इतिहासकारहरुले त ग्याल्बु थोबु नामक तिब्बती महाराजाको आदेशलाई तमु “नेपाली अर्थ हुन्छ” भनी र्समर्थन गरेकोले जातको नाम नै “तमु” रहेको हो भन्छन् । तर यस प्रकारका भनाइहरुमा बिल्कुलै पनि दम छैन । आजको मितिसम्ममा गुरुङ समुदायमाथि सबै भन्दा राम्रो र विश्वासिलो अध्ययन गरेका फ्रान्सेली समाजशास्त्री बर्नाड पिगनेडको अनुसार्रर् इसा र्पुव १,००० तिर गुरुङहरुका र्पुवज पुर्वी तिब्बतको चाम्डो नामक ठाउँबाट पश्चिमतिर गएर लोखा क्षेत्रको यारलुङ घाटी आई पुग्दा तमु “टुबो” भनेर चिनिन्थ्यो । प्रसिद्ध तिब्बती राजा सोङक्षण “श्रं चं” गम्पो टुबो वंशका राजा थिए ।
अर्कोतिर थुप्रै इतिहासकारहरु “ग्रोङ” बाट गुरुङ भएको कुरा मान्छन् । प्रसिद्ध किराँती इतिहासकार इमानसिङ चेम्जोङ भन्छन् गण्डकी प्रदेशमा गुरुङहरुको आफ्नो भु-भाग ओगटेर बस्नु भन्दा पहिले नै गुरुङ जातिको अस्तित्व ग्यारोङ जातिको रुपमा आइसकेको थियो । सातौं शताब्दीतिर नेपाल अधिराज्यको पुर्वदेखि पश्चिम गण्डकीसम्म यिनै रोङ जाति तथा वर्गको बोलवाला तथा प्रभुत्व थियो । त्यसबेला लेप्चा जातिहरु सामुहिक रुपमा मुतान्चीरोङ नामले चिनिन्थे, र्राई-लिम्बु जातिहरु लुरोङ र हालका गुरुङहरु ग्यारोङ नामले चिनिन्थे । डा. हर्क गुरुङका अनुसार- तिब्बतको उत्तरतिर कोको नोर “ताल” वरिपरि रहेका सात जातिहरु मध्ये एउटा जाति ग्यारोङ थिए र सातौं शताब्दीमा तिनीहरु युनानतर्फलागे । पछि सोङक्षण “श्रं चं” गम्पोको फौजमा सामेल भएर पश्चिम हानिए । कसै-कसैले त तिब्बतबाट आएको मोनानाइ नाम गरेको एक जना तिब्बतीका दुइ भाइ छोरा थिए र त्यसमध्ये एक जना गुरुप्पा थिए र तिनै गुरुप्पाको छोरा आजभोलिका गुरुङहरु हुन् सम्म भनेका छन् ।
यस्तै लेखक जनकलाल शर्माले आफ्नो कृति “हाम्रो समाजः एक अध्ययन” मा गुरुङ वंशावली बारे यस प्रकारको कथा रचेका छन्” कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामक राजा थिए । उनका दुइ राजकुमार भए - लोचन र रोचन । राजारानीका लागि कान्छा छोरा अत्यन्त प्यारा थिए । यस कारणले गर्दा राजाले राज्यभार जेठा छोरालाई नदिएर कान्छा छोरालाई दिए । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले आफ्नो देश छाडेर बाहिर जाने विचार गरे । राजकुमारका साथमा उनकी पत्नि मात्र होइन, उनका पुरोहित मुकुन्द लामिछानेका छोरा वलि लामिछाने समेत पछि लागे । यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय राजकुमार लोचनका तीन छोरा “घले, घोताने र लामा” जन्मे र वलि लामिछानेका दुइ भाइ छोरा भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तति पछि गएर चार जात गुरुङ कहलाए । तपस्या गर्दै गरेका समयमा जन्मेका हुँदा यिनीहरुलाई लोकले “महागुरु” भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रुप “महागुरुङ” भयो । हुँदा हुँदै “महा” पनि भन्न छोडियो र “गुरुङ” मात्र बाँकी रहन गयो । कसै कसै ले त यती सम्म पनि भनेका छन् कि उहिले गुरुङहरुले पनि ब्राह्मणहरुले झैं जनै धारण गर्थे तर यिनले माछा-माँसु र जाँड-रक्सीको सेवन गर्न थाले पछि यिनको जनै खोसियो र गुरु भन्ने शब्दमा चन्द्रबिन्दु थपेर गुरुबाट गुरुं “गरुङ” बनाई दियो । अर्का लेखक तथा इतिहासकार योगी नरहरीनाथले पनि आफ्नो कृति “गुरुङ मगर वंशावली” मा यस्तै खाले कथा लेखेका छन् । यस प्रकारका मनगढन्त कथाहरु तथा भ्रमपुर्ण तथ्यले पनि गुरुङहरुको इतिहासलाई सहज होईन बरु बढी जटिल बनाई दिएको छ । वास्तवमा चार थरी गुरुङहरु क्ले, कोने, लम र लेम हुन् तर हिन्दुकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । हामीले बुझ्नु नै पर्ने तथ्य चाहिँ के हो भने यी शब्दहरु कुनै राजकुमार र पुरोहित सन्तानका नाम होईनन् बरु पदवी हुन् । कालान्तरमा यी पदवीलाई चार थरी गुरुङको रुपमा प्रचार-प्रसार गरियो, जो आज पनि यथावत नै कायम छ । यस कारण बेलैमा यस प्रकारका भ्रम र अन्यौललाई चिर्न जरुरी भएर आएको छ । साथै, सम्पूर्ण गुरुङ समाजलाई सही जानकारी विभिन्न माध्यमबाट उपलब्ध गराउन पनि आवश्यक हुन पुगेको छ ।
यसरी केहीले आफ्नो नामको पछाडि गुरुङ र केहीले तमु लेख्ने चलनले आउँदो भविष्यमा गुरुङहरुलाई ठुलो अप्ठ्यारोमा पार्न सक्दछ । भोलिको समयमा गुरुङ र तमुले दुई छुट्टै-छुट्टै जातिको रुपमा स्थापित हुने कसरत गर्न पनि सक्छन् र यदि तेसो भयो भने त्यो भन्दा ठुलो नोक्सानी गुरुङ “तमु” समाजलाई अरु केहीबाट पनि हुने छैन । गुरुप्पा नाम गरेको तिब्बतीको सन्तान भएर नै गुरुङ जाति बनेको अथवा राजाको कुरालाई तमु “हुन्छ” भनेर नै तमु जात हुन गएको जस्ता तर्कहीन आधारहरुलाई मान्ने त कुरै भएन । तर्सथ, बेलैमा यस क्षेत्रका बुद्धिजीवी र विज्ञहरुले यो विषयमा गहन अध्ययनगरी सम्बन्धित सबैलाई सही बाटो देखाउन जरुरी भएको छ ।
-चन्द्र गुरुङ, काठमाण्डौं, नेपाल
Visitors
The writer failed to mention other Gurung Clans, every body knows that there are over 170 Clans and sub-clans of Gurung. Why is he only mentioned Lama, Lamichhane, Ghale and Ghotane? A writer of his calibre Mr. Chandra Gurung must be able to explain and justify his points clearly.
Thanks
Jit Tamu
Comment by Jit Gurung — @
Nglai chu article bele chaun mandi.sabas tamui cha tasi chabai ke lana.
Hari K. Gurung
Comment by Hari k gurung — @
Dear chandra jyu namaste,
Thank you very much for your hard work to bring this kind of truthless, and gurungharu lai futaune khalko news. prstut garnu bhayekoma. Huna ta tapainle janera lekhnu bhayo ya arkako lekhlai yehan prastut garna khojnu bhayeko ho tyo ta bhagawanle janun. tara yedi tapainle yo news yeshma prastu garnu bhanda agadi ramro sanga padhnu bhayeko bhaye sayed tapainle yo news yesari yeshma rakhnu hune nai thiyena hola jasto malai lagchha. Yo lekhma herda kheri tapainle arkako copy garera rakhnu bhayeko jasto lagyo yesto manchhe lai bhanchhan chor mathi chandal. Any way yo tapainkai lekh bata nishkeko question for you…. yedi tapainle yo harap harulai ek choty dohoryayera padhnu bhayo bhane yeshma lekheko kura lai tapainle mannu hunchha ta ??? राजकुमारका साथमा उनकी पत्नि मात्र होइन, उनका पुरोहित मुकुन्द लामिछानेका छोरा वलि लामिछाने समेत पछि लागे । यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय राजकुमार लोचनका तीन छोरा “घले, घोताने र लामा” जन्मे र वलि लामिछानेका दुइ भाइ छोरा भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तति पछि गएर चार जात गुरुङ कहलाए, yo mathiko haraflai padhera tapain afai bhannu ta eutai babako tin jana chhora haru kasari bhinda bhindai tharko bhayo tani ???? ahile herne ho bhane yo laamaa laamichhane, ghale ghotaane haru ta bhitra bhitrai afai afai bibaha garchhan, yedi tapainko lekh anusaar yo laamaa, ghale ghotane haru eutai babako chhora ho bhane kasari yo bibaha chalyo tani afnai pariwar bhitra….???? yedi tapainko yo lekh true ho bhane yo char jate harule ta afnai bau chhori dajyu bahini bichma bibaha garera po hindo rahichha bhanne kura paiyeko chha. bhai yo laamaa, laamichhane, ghale ghotane kasari chaar jaate bhayo tani??? eutai babako chhora haru pani…… haso lagdo kura haru afule afailai hochyayera lekhne kaam nagarnush ta….. euta ukhan chha ni yedi tapainle kasailai timro euta fingerle point out garyo bhane bichar garnush tapainko tei haat ko 4 ota fingarle tapainlai nai point out gari raheko hunchha tesaile bichar garnush ra bichar puryayera matrai lekh haru site ma patrikama where ever you want prastut garne garnush. yeti matrai hoina yedi yo lekh tapain afaile ali gahiriyera padhne ho bhane afailai dhikarera aunchha so think about….
Thankyou
Netra Tu klhepree tamu
From uk
Comment by netra Tu klhepree tamu — @
yo maathiko lekh ma bhayekai kura haruma mo yehan yo lekh lekhera yehan tamu samaj.com ma dine lekhak jyu lai mero eauta prashna ke chha bhane, yedi yo maathi tapainle lekheko anusaar tapainko bhanai yo chha ki(कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामक राजा थिए । उनका दुइ राजकुमार भए - लोचन र रोचन । राजारानीका लागि कान्छा छोरा अत्यन्त प्यारा थिए । यस कारणले गर्दा राजाले राज्यभार जेठा छोरालाई नदिएर कान्छा छोरालाई दिए । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले आफ्नो देश छाडेर बाहिर जाने विचार गरे । राजकुमारका साथमा उनकी पत्नि मात्र होइन, उनका पुरोहित मुकुन्द लामिछानेका छोरा वलि लामिछाने समेत पछि लागे । यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय राजकुमार लोचनका तीन छोरा “घले, घोताने र लामा” जन्मे र वलि लामिछानेका दुइ भाइ छोरा भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तति पछि गएर चार जात गुरुङ कहलाए ।) yedi yeso ho bhane ra yedi yokura tathya ho bhane ahile ghale ghotane ra laamaa laamichhane harule afu afu main bibaha garchhan, ke yo thik ho ta ? yedi “घले, घोताने र लामा” राजकुमार लोचनका तीन छोरा haru hun bhane yo afnai dajyu bhai bhitra, afnai bau chhori, dajyu bahini kasari bibaha huna sakchha ta ? ke yo besaye ma chharlanga pari dina saknu hunchha ki ? ra arko kura yedi yo “घले, घोताने र लामा” eutai baba ko chhora hun bhane kasari yeeni haru 3 jaate bhayo ra laamichhane jatilai misayera 4 jaate bhayo tani ? to hami tamu harule gahiriyera sochnu parne thulo kura chha, ra yo hami tamu jati bhitra ko itihans ko kura ma arujati le anusandhan garera tini harule je pani lekhna sakchha yo gurung ra tamu bhanne barema yedi arujati le lekheko kura lai bishwash garera yo bisayema bibaad lyaune kaam garchha bhane hami tamu haru kahilei pani ek huna sakdaina. hasta ahile lai yeti nai dhannewaad
Jay Tamu
Netra Tamu
Comment by netra Tu klhepree tamu — @
यस्तै लेखक जनकलाल शर्माले आफ्नो कृति “हाम्रो समाजः एक अध्ययन” मा गुरुङ वंशावली बारे यस प्रकारको कथा रचेका छन्” कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामक राजा थिए । उनका दुइ राजकुमार भए - लोचन र रोचन । राजारानीका लागि कान्छा छोरा अत्यन्त प्यारा थिए । यस कारणले गर्दा राजाले राज्यभार जेठा छोरालाई नदिएर कान्छा छोरालाई दिए । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले आफ्नो देश छाडेर बाहिर जाने विचार गरे । राजकुमारका साथमा उनकी पत्नि मात्र होइन, उनका पुरोहित मुकुन्द लामिछानेका छोरा वलि लामिछाने समेत पछि लागे । यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय राजकुमार लोचनका तीन छोरा “घले, घोताने र लामा” जन्मे र वलि लामिछानेका दुइ भाइ छोरा भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तति पछि गएर चार जात गुरुङ कहलाए । तपस्या गर्दै गरेका समयमा जन्मेका हुँदा यिनीहरुलाई लोकले “महागुरु” भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रुप “महागुरुङ” भयो । हुँदा हुँदै “महा” पनि भन्न छोडियो र “गुरुङ” मात्र बाँकी रहन गयो । कसै कसै ले त यती सम्म पनि भनेका छन् कि उहिले गुरुङहरुले पनि ब्राह्मणहरुले झैं जनै धारण गर्थे तर यिनले माछा-माँसु र जाँड-रक्सीको सेवन गर्न थाले पछि यिनको जनै खोसियो र गुरु भन्ने शब्दमा चन्द्रबिन्दु थपेर गुरुबाट गुरुं “गरुङ” बनाई दियो । अर्का लेखक तथा इतिहासकार योगी नरहरीनाथले पनि आफ्नो कृति “गुरुङ मगर वंशावली” मा यस्तै खाले कथा लेखेका छन् । यस प्रकारका मनगढन्त कथाहरु तथा भ्रमपुर्ण तथ्यले पनि गुरुङहरुको इतिहासलाई सहज होईन बरु बढी जटिल बनाई दिएको छ । वास्तवमा चार थरी गुरुङहरु क्ले, कोने, लम र लेम हुन् तर हिन्दुकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो ।
Yo lekh ko writer jyu lai mero sujhab k chha bhane maile bujhe anusar bhannu man nalage pani 4 jaat ka gurung haruma
atinai thulo khadal banai sakeko chha eauta khadal ma phasi sakyo tyo tapain lai awasya awagat hola ghale haru le aphulai swatantra chhuttai jati bhanishakyo aba palo tin jat banki tini haru ma pani thulai bibad chha kina ki yo nai aphno clan mathi ati aham garnu ko parinam ho ahamta ko bhawana hune bittikai eakle le arko lai hochyaune prabitti aaunchha.mero bicharma clan purbaj harule genetic mishran nahos bhanera banayeko hunu parchha kina ki yo scientific pani chha naki koi eak apasma ta thulo ma thulo hun bhanna ko lagi hoina,tesaile samasya atinai jatil chha naki bholi gayera ghale le jastai sabai char jaat gurung bhanne haru bholi chhuttai chhar jaat hunu naparos,kunai sarkari likhit dastabej herera hoina,sabai bhrampurna bhayeko yahanlai awagat rahichha yi bhramharu sabai padiya lobma swikariyeka hun,tesaile tamu pye lhu sanghle jastai indivisual khoj garnos bhai chara garnos tapain le aaphno tamu astitwa bhetaunu hune chha eak din……
Comment by bicky — @
Thanks for the wonderful comments on my article. My dear reader I really appreciate it.
As Jit Tamu ji has mentioned my failure to bring all the clans of Gurung community in this article of mine. As there is a large number of clans in our Gurung comunity. But the purpose of this article of mine is not to focus on the total number of clans among Gurungs. Its simple aim is just to say that today some of us are adding “Gurung” and others are adding “Tamu” titles at the back of our names. It may cause a big problem in the future to come.Hope I would write another article mentioning the names of all the clans and sub-clans found in Gurung community in the days to come.
Hope my reader would get ssome help from this to understand the purpose of my article.
Thanks & I appreciate u all once again.
With regards,
Chandra S. Gurung
Comment by Chandra S. Gurung — @
Thank you very much for come to us with your answer but that your answer is not clear and enough. Do you believe that three brothers thoes who came from same father like ghale, ghotane, & laamaa, which is in our gurung clan call क्ले, कोने, लम ? If you say yes then how did they became three defferent clan if they really came from one father? There is still error in your explanation. And the other way now-a-days ghale peoples are saying that they are not gurung as they performed during thier rally, as they said that they got thier own language which they call “ghale bhasa” and as they said that they got thier own sub-clan within the ghale, so now tell me do you believe that this three brothers came from one father lochan? Anyway you have said some think on Jit Tamu’s articles that “As there is a large number of clans in our gurung comunity” what is that does mean? Is that mean these ghale, ghotane, lamaa and lamichhane are not part of that large gurung clan ????? And the other think is you are asking about “Today some of us are adding “Gurung” and others are adding “Tamu” titles at the back of our names. It may cause a big problem in the future to come” what is that mean ? Bhanna khojeko ke yo lekhko tarparrya? Hamile gurung bhanera nepali bhasama lekhinchha bhane hamro afnai own gurung bhasama tamu lekhinchha. Yedi tapainle yeari bhinda bhindai thar lekhda problem parchha bhannu hunchha bhane yehan nira tapainlai prashna yedi kasaile hamro tamu harule tapailai tapainko nema ke ho bhanera sodhnu bhayo bhane tapain ke bhannu hunchha as a tapain euta gurungko chhorako natale??? Mata bhanchhu we are call gurung in nepali bhasa, and if you want to call in our own tamu bhasa there is a best way to call tamu… I prefer to call tamu… so it’s not two deffernt thar/clan….it’s only one but its in nepali and other one is in tamu bhasa thats all for now. Hope to see you soon bye.
Best regards
Netra Tamu From UK
Comment by netra tamu — @