तमू धिं साउदी अरबद्धारा शोकसभा
तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबका अध्यक्ष श्री ओम घले ज्यूको पुज्यनिय पिता स्वर्गिय धनराज घलेको १३ औं दिनको पुण्यतिथीमा तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबले शोक सभाको आयोजना गरियो । ११ जुलाई २००८ शुक्रबार दमाम स्थित एक होटलको सभाकक्षमा तमू धिंका प्रथम उपाध्यक्ष श्री सोम प्रसाद तमूको सभापतित्वमा आयोजना गरिएको उक्त सभालाई महासचिव खेम तमूले सञ्चालन गर्नु भएको थियो । स्वर्गिय धनराज घलेको नाममा एक मिनेट मौन धारण गरि शुरु गरिएको उक्त सभामा तमू धिं का केन्द्रिय प्रवक्ता श्री राजपति तमूले धिं को तर्फबाट स्वर्गिय धनराज घलेको चिर शान्ति र र्स्वर्गमा बास पाउन् भन्ने कामना सहित शोक सन्तप्त परिवारमा भगवान श्री गौतम बुद्धले धैर्य धारणा गर्ने शक्ती प्रदान गरुन भनी समाबेदना ब्यक्त गर्नु भएको थियो । त्यसपछि तमू संस्कृति अनुसार धिं का तर्फबाट अध्यक्ष श्री ओम घलेलाई प्रथम उपाध्यक्ष श्री सोम प्रसाद तमूले टोपी लगाई दिएर स्याई स्याई गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण तमूहरुबाट पनि स्याई स्याई गरी कार्यक्रम समाप्त भएको थियो ।
तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबका अध्यक्ष श्री ओम घले ज्यूको पुज्यनिया बाबा स्वर्गीय धनराज घलेको असामयिक स्वर्गारोहण
भएकोमा तमू धिं परिवार अति मर्माहत र दुःखी भएको छ ।
स्वर्गीय आत्माले र्स्वर्गमा चिर शान्ती पाओस भनी
श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त
परिवार जन प्रति हार्दिक
समबेदना प्रकट
गर्दछौं ।
तमू धिं प्रवास केन्द्रिय समिति
साउदी अरबपरिवार
Visitors