“साउदी अरबको हाराध माराथुनमा ५ नेपालीहरु पुरस्कृत”
मंगलबार जुन ५ तारिकमा साउदी अरबको हराध स्थित एक प्रतिष्ठीत कम्पनी साउदी आरामकोद्धारा आयोजना गरिएको ४५०० मिटर दुरीको खुल्ला माराथुन दौड प्रतियोगितामा समावेश रहेका ७ जना नेपाली मध्य ५ नेपाली खेलाडीहरु लगभग ८० जनाको समुहलाई पछि पार्दै अग्र पंक्तिमा रहन सफल भएका थिए । दशौ स्थान सम्मका प्रतियोगी खेलाडीहरुलाई पुरस्कृत गर्ने व्यवस्था रहेको उक्त माराथुन प्रतियोगितामा क्रमशः दोश्रो मदन र्घर्ती, चौथो युबराज गुरुङ पाचांै रामबाबु महरा सातौं राजेन्द्र लिम्वु तथा आठौंमा जस बाहादुर नेपाली रहन सफल भएका थिए । विजयी खेलाडीहरुलाई सोहि दिन भव्य कार्यक्रम माझ आयोजक कम्पनीका मेनेजेर सहित उच्च तहका व्यक्तिहरुद्धारा पुरस्कार प्रदान गरिएको थियो ।
यसरी नेपालीहरु प्रदेशमा रहेर पनि आफनो अनि आफनो देशको उच्चनाम र कर्ृर्तिमान कायम राख्न पछि परेका छैनन् भन्ने कुरा यस नतिजालाई मान्न सकिन्छ ।
पुरस्कार वितरण पछि नेपाली साथीहरु विच एक अर्कामा धन्यवाद आदन प्रदान तथा रमाइलो रात्रीभोज कार्यक्रम पनि आयोजना गरेको थियो ।
युब राज गुरुङ, मनपाङ-३, तनहुँ
हाल साउदी अरब
Visitors