“आइ लभ यू”
आइ लभ यू
फूलबारीमा एकै छिन घुम्न जाउँ है
त्यहा“लाखौं भमराहरु पनि छन् अरे ।
अरुलाई छलेर एक्लै तिमी आउँ है
पर्खिबस्छु चौतारीमा अबश्य आउनु भरे ।।
त्रि्रै मात्र लाग्छ मलाई भर
आज भोलि छैन कुनै अव डर ।
समाजको कुनै नगरौ वास्ता
छैन डर हामी एकै साथ बस्दा ।।
तिमी मेरै हौ छैन कुनै दोधार
तिमी नै हो मेरो बा“च्ने आधार ।
अधुरो लाग्छ यो जीवन तिमी बिना
मायाँ लाग्छ तिमीलाई मात्र किन ।।
अब त बुझिदेउ मनको ब्यथा पनि
बोलिदेउ मलाई आइ लभ यू भनी ।
तिमीलाई पठाएको छु पहिलो पत्र
गएको छैन उमेर मेरो बल्ल भयो सत्र ।।
त्यसैले हाम्रो मिल्छ राम्रो जोडी
नजाउँ है तिमी यो दिल तोडी ।
आउछौ भनी आशा छ भरे राती
तिमी नै बनाउँला जीवन साथी ।।
-नीर बाहदुर तामाङ
Visitors
dami raicha ni kabita ta
Comment by commen — @