जन्म दिनको उपहार
जन्म दिनको उपहार
जन्मदिनको कामनामा, शब्द दर्ुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
शिषिरको समापनमा, सुमधूर शुरुवात झैं
चम्पा र चमेली अनि, निशाकी पारीजात झैं
मुस्कुराउनु सुवास छरि, बसन्ति बाहार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
गाजले धारीला नयन, रेशमी त्यो केश त्रि्रो
परदेशी यो ठाउँ छाडि, फर्किएर देश त्रि्रो
छातिभरी अंगालेर, मुटूभरिको प्यार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
रिसाउँदै बोलिनौ भने, फकाउँला म गीत बनि
हर पल हर कदममा, त्रि्रो निम्ति जीत बनि
संसार यो रहेसम्म बाँच्नुको आधार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
मेरी मनकी माली तिमी, मेरा सारा योवन तिमै्र
सम्हालेर राख्नु अब, जन्मौं-जन्म जीवन त्रि्रै
मुटू मेरो राज्य त्रि्रो, सारा अधिकार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
जन्मदिनको कामनामा, शब्द दर्ुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
विकी
Visitors