Rajtamu.blogsome.com
Inside Rajtamu Webpage:- Nepali Folk : Modern : Pop : Remix : Comedy : Gurung Music Videos : Nepali News : Events & Entertainments Etc.

:: Introduction

:: Info

:: Wishes

:: Article

:: Poem

:: Gazal

:: Sport

:: News

:: Entertainment

:: My Photos

:: Fan Photos

:: My Office Videos

:: Modern Videos

:: Folk Videos

:: Pop Videos

:: Fun Videos

Designer
Administrator
Youb Raj Tamu
rajtamu05.yahoo.com
Cybersansar Lovely Pokhara Online Live TV Nepal1 Live
My love Fursad.com DCNepal.com

तमु संघ संस्थाहरुको एकता होला?

Filed under: Article

२०१० सालमा काठमाडौंमा गुरुङ कल्याण संघ -औपचारिक संस्था) गठन भए यता हाल पोखरा उपत्यका भित्र तमु धीं लगायत तीन दर्जन जति तमु संघ संस्थाहरु, काठमाडौं भित्र तमु बौद्ध सेवा समिति लगायत डेढ दर्जन जति, तमु छोंजधीं अर्न्तर्गत चार दर्जन जति र मुलुक बाहिर एक दर्जन जति गरी जम्मा लगभग दश दर्जन जति तमु नामका संस्थाहरु हाल सम्म क्रियाशिल छन् । २०४८ सालमा तमु छोंजधीं कास्कीको जिल्ला अधिवेशनको शिलशिलामा नै राष्ट्रिय भेला गरि केन्द्रिय तदर्थ तमु धीं गठन गरी त्यसैको आयोजनामा २०४९ साल पौष १,२,३ मा पोखरामा नै अधिराज्यबाट -जहाँ जहाँ तमु समाजहरु खुलेका थिए ) उपस्थित संस्थागत तमुहरुले तदर्थ तमुहरुले तदर्थ तमु छोंजधीं नामाकरण गरेको हो । किनकी तर्राई भागको तमुहरुको राजधानी मानिने बुटवलको आफृनो नाम तमु छोंजभएकोले छोंजर धींको मिलन नै तमु छोंजधीं गरिएको दृश्य यो पंक्तिकार आफैले देखेको हो । २०४९ सालमा पोखरामा भएको तमु राष्ट्रिय भेला नै प्रथम एकीकरण भेला थियो । तत्पश्चात नै तमु संघ संस्थाहरुको एकै नाम एकै काम हुने भयो भने पछि राष्ट्रव्यापी सन्देश गै भिन्दा भिन्दै नाम भएपनि एकाएक एउटै नाममा जिल्ला जिल्लामा संगठनहरु स्वत स्फुर्त ढंगले गठन हुदै गए । अहिले तमु छोंजधींको संगठन यत्रो ४४ जिल्लामा भएको र गाँउ तथा नगर समितिहरु हुनु छोंजधी को सक्रियताले मात्र नभई २०४९ सालको पोखराको एकता सन्देशको पनि भूमिका थियो भन्न रुचाउछु । छोंजधी संगठन बनाउन र आफ्नो क्रियाकलाप गर्दै जिल्ला र गाँउ गाँउ हिडिरहयो त र काठमाडौं र पोखराका बुद्धिजिवी तमुहरु जिल्ला जिल्लाका गुरुङहरु सँगहातेमालो गर्न सकेनन् वा चाहेनन् अथवा नेतृत्व गर्न जन्मेको छोरोले नेतृत्व दिन सकेन । लगभग तमु समुदाय जस्ताको तस्तै रहन गयो । वीच बीचमा विशेष गरी तमु धीं कास्की, तमु बौद्ध सेवा समिति र तमु छोंजधीले आ आफ्नो तरिकाले आ आफ्नो पाराले एकता सम्बन्धी विभिन्न कृयाक्लाप गरेपनि एकले निमन्त्रणा गर्दा अर्को नआउने स्थिति रही रहदा तमु छोंजधी को गर्भबाट जन्मेको विद्यार्थी संस्था नेपाल तमु विद्यार्थी छोंजधीको केन्द्रिय समितिले २०५७ बैशाख २९, ३० र ३१ गते पोखराको दुध पोखरी समाजमा तमु संघ संस्थाहरु बीच एकीकरणको आवश्कता र औचित्य विषयक अन्तक्रियामा तमु धींका अध्यक्ष कर्म तमुले तमु बौद्ध सेवा समितिका अध्यक्ष क्या. भुपाल तमुले ,पेल्हु संघका अध्यक्ष क्या. भुवन सिहं तमुले बौद्ध अर्र्घौं सदनका अध्यक्ष क्या उमरध्वज तमुले र तमु छोंजधीं को केन्द्रिय सभापति डा. रेम वहादुर तमुले एकता गर्ने विषयमा संयुक्त हस्ताक्षर गरे, पाझ्चवटा संस्थाहरुले एकताको लागी गरेको हस्ताक्षरको मसि सुक्न नपाउदै फेरी त्यो महत्वपूर्ण् प्रयास पुन विथोलिया समस्या ज्युका त्यु रहे । बरु अर्को तमु संस्था जन्म्यो “तमु समन्वय राष्ट्रिय परिषद्” २०५७ सालमा, २०६० सालमा परिषद्ले प्रथम राष्ट्रिय सम्मेलन गर्यो त्यहाझ्नेर पनि एकताको ठुलो सम्भावना बढेको थियो । सम्मेलनमा प्रतिनिधी सहभागी गराउने बारे विवाद भएकोले सम्भव भएन । परिषद्ले पोखराका तमु धीं, पेल्हु संघ, -पछि फिर्ता) काठमाडौंको तमु बौद्ध सेवा समिति लगायत साना साना टोल टोलका समितिहरु गरी चार दर्जन तमु संस्थाहरुलाई समेटे पछि तमु संस्थाहरु प्रष्ट दुइ ध्रुवमा देखिए । जिल्ला जिल्लामा तमु छोंजधीं, काठमाडौं र पोखरामा परिषद् भएपछि एकता छोंजधीं र परिषद बीचमा भए टुंगिने आश लाग्यो । दुबै संस्थाहरु एक आपसमा विश्वासको स्थिति नभएपछि तमु समाज बेल्जियमका तत्कालीन महासचिव युवराज तमु, नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला समितिका तत्कालीन का.वा. अध्यक्ष कमल तमु र तमु छोंजधीं केन्द्रिय सचिव भिम तमुले यी दुबै संस्थालाई एकता गर्न तीन सदस्यीय एकता पहल समिति गठन गरी संस्थाहरुको वार्ता प्रतिनिधि लगायत प्रमुख व्यक्तिहरुको उपस्थितिमा पुनः एकता गर्ने कुरा गरी अर्को एकता पहल तदर्थ समिति पूर्बमा.तोरण गुरुङको संयोजकत्वमा बनाएको थियो । एकताको महाधिवेशन गर्ने भनेर सम्पूर्णतयारीका साथ तिथी मिति तोकी सकीएको र सो को लागि आधारहरु तयार गरियो पनि । महाधिवेशन प्रतिनिधि ल्याउने बारेमा चित्त नबुझी रहेको तमु छोंजधीं ले आफुले राखेको ट नं को बुंदा लोकतान्त्रिक गणतन्त्रमा जाने कुरामा पहिला सहमती जनाए पनि पछि राजनैतिक कुरा भनेर नमाने पछि एकता भंग भयो। मैले देखेको समस्या भनेको हामिमा त्यागमा कमि हो नाममा विवाद होईन जव नाममा विवाद हुन्छ तव काममा ओझेलमा पर्छ । काम नै ओझेलमा पर्दछ भने संगठनको के औचित्य, मिल्न सक्ने सवै विन्दुहरुलाई मिलाउदै बाँकी रहेका विषय वस्तुहरुलाई छलफल गर्दै लैजानु पने देखीन्छ । यस कारण लामो समय सम्मको अनेकताले , मनमुटावहरुले हाम्रो समाज विभिन्न खाले विभिन्नता बढ्दैगएको छ । यसलाई बुदागत हिसावले कसरी एकता गर्न सकिन्छ भन्ने बारेमा यसरी प्रस्तुत गर्न सकिन्छ ।

१. संस्थागत एकताः
गुरुङराष्ट्रिय परिषद संघात्मक संगठन प्रणालिवाट र तमु छोंजधीं एकात्मक प्रणाली अनुसार चल्ने संस्था भएतापनि र्सवप्रथम कार्यगत एकता गरी एकताको शुरुवात गर्नुपर्छ जुन काठमाडौंमा हरेक वर्षहुने गरेको ल्होसार कार्यक्रममा देखिने गर्छ । सवै संस्थाहरुलाई फल्न फुल्न अवसर दिएपनि राष्ट्रिय नेतृत्व एक हुनु आवस्यक छ । राष्ट्रिय समिति जन्माउने तमु धीं कास्की को पूर्णसहभागिता हुनुपर्यो् । गुरुङको राजधानी अझैपनि मेरो दृष्टिमा गुरुङराष्ट्रिय परिषद् मानमा छैन । तमु वौद्ध सेवा समिती, तमु पे ल्हु संघ, वौद्ध अघौं सदनलाई समन्वय गरी एकआपसमा सहिष्णुता कायम गरी लैजानुपर्योि । नामले धार्मिकहरु जस्ता देखिए पनि प्राय कामहरु सामाजिक प्रकृतीका पनि गरि रहेको हामी सबैको अगाडी छर्लङक छ । तमु पे ल्हु संघ त झन राष्ट्रिय स्तरको संस्था हो किनकी उ सँगदेश व्यापी रुपमा जिल्ला समितीहरु मात्र नभएर अन्तराष्ट्रिय भातृ संस्थाहरु पनि छ , त्यसैले तमु पे ल्हु संघको हैसियतलाई तमु धिं कास्की र तमु वौद्ध सेवा समिती सँगतुलना गर्न मिल्दैन । हिजोका तिता कुराहरु सवै विर्सि तमु समाजलाई आगामि दिनहरुमा सशक्त वनाई हिंडाउनु पर्छ । देश अहिले नयाँ राजनैतिक परिवेशमा उभिएको अवस्थामा भएकोले हरेक संस्थाहरुको हैसियत र व्यक्तिगत हैसियत खोज्न र महत्वकांक्षामा नलागीकन सिंगो तमु जातिय हितका लागि आम रुपमा एकजुट हुनु पर्ने अवस्था छ ।

२. भाषा लिपिमा एकरुपताः
तत्काल तमु भाषा सिक्नको लागी देवनागरी लिपिलाई माध्यम वनाई तमु खेमा लिपिमा तमु भाषालाई ऐतिहासिक रुपमा लिपिवद्ध गरी भावि सन्ततिलाई हस्तान्तरण गनु हाम्रो कर्तव्य भएको छ । यसमा विवाद भन्नुभन्दा संयुक्त राष्ट्र संघमा नेपाली भाषाको लिपिको रुपमा नेवारी भाषा लिपिलाई देखाउनुपर्ने भयो भने हामी गुरुङ अन्तराष्ट्रिय पहिचानको जात भएकोले आफ्नो भाषा संस्कृति भएको गुरुङको आफ्नै लिपि प्रस्तुत गर्नुपर्ने अवस्य हुन सक्छ तर्सथ खेमा लिपिको विकल्पमा आफ्नोपन भएको लिपिको सिर्जना कहिंवाट भई विवादको स्थिति नभएको अवस्थामा,अथवा यति विकसित रुपमा नआई सकेको खेमालिपिको परिचय स्वदेश विदेश सम्म भैसकेको, कम्प्युटर फन्ट तयार भई पूर्णरुपमा लेख्य रुपमा आईसकेको हामी तमुहरुले पूर्णरुपमा स्वीकारी लैजानु पर्ने देखीन्छ । तमु भाषा तथा खेमालिपी विकाश केन्द्रीय समितिले अधिराज्यभरका लगभग दशहजार तमुहरुलाई खेमालिपीको प्रथम परिक्षण परिक्षण दिई सकेको छ । खेमालिपिका कमि कमजोरी हरुलाई सुधारी बैज्ञानिकरण, परिमार्जित गरी अगाडि वढाए वेश होला किनभने लेख्य रुपमा नआईसकेको तमु भाषा क्षणकालमा लोप हुने सम्भावना र भाषामा एकरुपता ल्याउन गाह्रो हुने सम्भावना बढ्दैगएको छ । त्यसैले यसमा विवाद गरेर फेरी अर्को लिपि जन्माएर वा मैले र मेरो हुनु पर्दछ भनेर हामी अगाडी आउनु भनेको भाषा संरक्षण सर्म्बर्धनमा खेलवाड गर्नु हुनेछ ।

३. धर्म संस्कृतिमा एकरुपताः
संस्कार संस्कृतिमा धनी गुरुङजातिको तिन खेगी हरु पुरोहितहरु पच्यु, कल्हेब्री र लम् छन् । पच्यु, कल्हेब्री सँगहाम्रो प्रथम प्रथामिकता रहन्छ । लम्कोे वेद हाम्रो भाषा संस्कृति सँगनमिल्ने भएतापनि हामी यसलाई शान्तिका हिसावले, छोटो छरितो को हिसावले र हामी अधिकांशले मान्दै आएको वौद्ध धर्मको हिसावले पनि लम् हाम्रो पुरोहित हो तिनै पुरोहीत हाम्रो आफ्नै संस्कार संस्कृति वोकेको भएकोले एकआपसमा सहकार्य वर्ढाई लैजानुपर्ने देखिएको छ । केही फुटवादीहरुले अहिले फेरी अर्को चाल रचि हिंसावादी र अहिंसावादी भनेर समाजलाई फु्ट गराउन खोजेका छन्, हामी सजग हुन आवस्यक छ । हामीले भनी रहेका छौं पे ल्हु संघले हाम्रो पुरानो परापूर्ब काल देखी चल्दै आएको संस्कार संस्कृतिलाई सार नगुम्ने गरी समयानुकुल वनाउदै लैजानु पर्दछ भने वौद्ध मार्गहरु -जसले गुरुङको कर्मकाण्ड गर्दछ) ले आफ्नो वेदलाई तमुपनमा ल्याउदै तमु भाषमा, तमु संस्कार संस्कृतिमा ल्याउने प्रयत्न गर्दै लैजानु पर्दछ । एकआपसमा आरोप प्रत्यारोप नगरी दुवैमा भएको कमि कमजोरी औंल्याउँदै दुवै खेगीहरु र खेगी प्रयोगकर्ता तमुहरु पेश हुन सक्नुपर्दछ । हाम्रो पहिचान र अस्तित्व वोकेको पे ल्हु संस्कृतिलाई वचाउन तत्काल स्कुलहरु खोलिनु पर्दछ त्यसको पहल तमु संगठनहरुले पनि गर्नु पर्दछ । तमु पे ल्हु संघ तमु सामाजिक संस्थाको रुपमा समानान्तर संस्थाको रुपमा नल्याई हाम्रो पे ता ल्हुता लाई संरक्षण सर्म्बर्धन गर्ने विशुद्ध संस्थाको रुपमा हेरी आम तमुहरुले सहभागिता जनाउनु पर्ने हुन्छ किनकी पे ता ल्हु ता मा नै हामी तमुहरुको पहिचान र अस्तित्वलाइृ जिवित गराउने कडि छ ।

४. थरगत एकताः
गुरुङसमुदायमा लगभग डेढ सय जति थरहरु पाईन्छन् । थरगत हिसावले ठुलो सानो राम्रो नराम्रो भन्न कहिं कतैवाट प्रमाणित हुझ्दैन वा प्रमाण छैन वरु हामी तमुहरुमा कोही सानो ठुलो छैन हुझ्दैन भन्ने प्रमाण हाम्रो तमु भाषा ले दिन्छ । लमजुङ तनहु गोरखा मनाङ कास्की स्याङजा पर्बत आदि जिल्लामा वढी तमु भाषा वोल्दछन् र उद्गम स्थल पनि हो । त्यहाझ्का सवै भाषा हरु अध्ययन गर्दा कंहि कतै पनि सानो ठुलो गर्ने भन्ने भाषा वा चाकडी को भाषा केहि फेला पर्दैन । तर्सथ कसैले भन्यो भन्दैमा कसैले विना प्रमाण लेख्यो भन्दैमा थरगत हिसाबले सानो ठुलो नहुने प्रष्ट छ । यो त अदालत समेत पुगेर होइन छैन भन्ने पुष्टि भई सकेको छ । समस्या यति हो कि क्ले -घले) लेम् -लामिछाने) कोन -घोताने) लम् -लामा) आदि थर नेपाली तमु दुवै भाषामा छ भने बाझ्की अरु थर सवै गुरुङभाषामा छ । त्यसैलाई नै विवाद वनाई लैजानु भन्दा तमु भन्ने शव्दको नेपाली गुरुङहो । हामी तमु -गुरुङ) नै भन्दैछौं भने तमु भाषामा भएका यी नेपाली शब्दहरुको सट्टामा तमु शब्द नै प्रयोग गरे राम्रो होला ।

५. विचारमा एकताः
तमु जातिमा बिचारमा एकता हुनु अत्यावश्यक छ । माथि सवै कुराहरु पुरा गर्न एक आपसमा सुजवुझ हुनु आवश्यक छ विचार भन्नाले सवैको राजनैतिक धारणएक हुनु पर्दछ भन्ने होईन । हामी सँगजति पनि संस्थाहरु छन् । कुनै पनि संस्था तमु छोंजधीं, गूरुङ राष्ट्रियपरिषद, तमु वौद्ध सेवा समिति, तमु धीं, तमु पे ल्हु संघ लगायत कुनै संस्था राजनैतिक विचार सँगआवद्धता छैन । संस्था भित्रका व्यक्तिहरु सवै राजनैतिक विचारमा आवद्धता भएपनि संस्थाभित्र राजनैतिक खिचातानी हुदैन यो हाम्रो संस्थाहरुको विशेषता हो । साझा मन्दिर जस्तै हो, जुन भित्र पस्दा सवैले राजनैतिक पूर्बाग्रहीको जुत्ता वाहिर खोल्छन् र निस्कदा त्यो जुत्ता लगाँउझ्छन अनि आफ्नो राजनैतिक क्षेत्रमा लाग्छन् । हामी भिन्न भिन्न राजनैतिक विचार वोकेका तमुहरु पनि घरभित्र आउदा तमु हुन्छौ । जुन धार जुन राजनैतिक विचार वा पार्टीवाट जुन तमुले आफ्नो प्रगति गर्दछ उसलाई हामी शुभ कामना दिन्छौ । नेतृत्वमा पुग्नु पर्योछ हनुमान र अन्धा भक्त मात्र होईन । जुन पार्टीवाट ठुलो मान्छे भएपनि यो हाम्रो संस्थाहरुले आफ्नो घर भित्र फुलमाला वुन्छन् प्रमुख अतिथि दिन्छन्, सम्मान दिन्छन् यो नै हाम्रो घर भित्रको वैचारीक एकता हो । देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ संविधान सभाले संविधान निर्माणमुखमा छ । फेरी पनि हामी चुप छौं हामी यी मुल कुरा तर्फ ध्यान केन्द्रित गर्नु त परै जाओस् एउटै जात भित्र एउटै संस्कृति परम्परा भएको जसको एकै खाले मात्र उदेश्य रहेको तमु भित्र एउटै संस्थाको विकास हुन र गर्न सकिरहेका छैनौं । जातिय एकता नै त्यस जातिको उत्थानको निम्ति महत्वपूर्णकडि भएतापनि मेचि महाकाली भित्रका तमुहरु मात्र नभई विदेशी भुमिमा रहि तमुको उत्थान गर्न खोलीएका संस्थाहरु संस्थागत हिसावले एक हुन सकेको छैन । राजनैतिक संस्था नभएको कारणले भाषा संस्कृति परम्पराको उत्थान गरी आफ्नो पहिचानलाई जिवन्तता राख्नु तमु संस्थाको उद्धेश्य हो तर एउटै लक्ष्य उद्धेश्यएउटै नाम भएका तमु जाति किन एउटै संस्था भित्र रहन नसक्ने - यसवाट प्रष्ट छ कि तमु संस्थाहरु जन्म संगै जुंगा हरु जन्मन्छन् र जुंगाको लडाई लडिरहेका छन् । मान्छेहरु जहाँ हरेक हिसावले मुनाफा हुने ठाँउ छ त्यहाझ् लडाई लड्छन् सवथोकको लागी । हामी निस्वार्थी भावनाले गर्ने जहाँ मात्र केही सामाजिक प्रतिष्ठा हुने ठाँउमा पनि नजानी वेस्सरी लडीरहेका छौं । त्यसैले आउ आउ सवै तमु हातमा हात मिलाई एउटै मालामा समाहित हुन आजको आवश्यकता भएको छ ।

६. एकताका लागि अहिलेको सम्भावना र आशा:
अहिले तमु छोंजधिं र गुरुङ राष्ट्रियपरिषद वीचमा संस्थागत एकताका लागि निकै हद् सम्ममा अगाडि गई सकेको छ । एकात्मक ढंगले चलेको तमु छोंज धिंले भोली केहि रुपले गलत सावित भयो भने केन्द्रिय समिति आफु जोगिनलाई हतपत्त राष्ट्रियपार्ष भेला गरि राजधानी काठमाडौंमा रहेका जिल्लावासी तमुहरु लाई समेत जिल्लाको सहभागी गराएर भने पनि, भित्र जे जसो भए पनि बाहिर एकताको पक्षमा गराएको छ । एकात्मक प्रणालीमा चलेको संस्था भएको कारणले केन्द्रिय समितिले गरेको निर्णयलाई मातहतका समितिहरुले अक्षरश स्वीकार्नु स्वभाविक हो तर असली जिल्लावासी तमुहरुलाई “तमु छोंजधि” भनेर जानी रहेको संस्था एकाएक “तमु ह्युल छोंजधिं, गुरुङ राष्ट्रियपरिषद” नाम हुनु अनि आफ्नो नाम मात्र फरक हुनु राजधानी काठमाडौं र पोखराका तमु संस्थाहरुका नाम र काम ज्युका त्यु रहि रहने कुरा कति पच्ने हुन् हेर्न बाँकी छ । गुरुङ राष्ट्रियपरिषदमा आबद्धता जनाएका कति संस्था अस्तित्वमा छन् त - संघिय ढांचामा चलिएको भनिएको संस्थाका ठुला संस्थाहरु तमु धिं कास्की, तमु बौद्ध सेवा समिति काठमाडौं, तमु प्ये ल्हु संघ केन्द्रिय समिति तथा वौद्ध अर्घौ सदन पोखराले स्पष्ट रुपमा आ आफ्नो धारणअगाडी ल्याएका छैनन् परिषदले निर्णय गरेको कुरा यी संस्थाहरुले मान्नु पर्ने बाध्यात्मक छैन किनकी त्यसको विधानले कर गर्दैन । धिं,समिती,संघ र सदन बाहेकको कम अस्तित्वमा भएको संस्थाहरु सँगमात्रको एकीकरणले साँच्चै एकता होला त - तमु छोंजधिंले जस्तै आफ्ना आबद्ध संस्थाहरुलाई भेला गर्राई एकताको कुरा गरेर मात्र गएको भए एकताको कुरा स्पष्ट हुने थियो । परिषदको टाउको सँगमात्र एकता गरेर पदिय हिस्सा बांड फांडले मात्र केहि हुने वाला छैन किनकी तमु धिं कास्कीले यो एकतालाई मान्ने सम्भावना एकदम कम छ केन्द्रिय रुप लिएर बसेको धार्मिक रुप लिएको संस्था पे ल्हु संघ एकदम मौन देखिएको छ । सम्पुर्ण तमु हरुको इच्छा एकता भनेको त देश व्यापी रुपमा आम तमुहरुको एक तमु ,एक नाम,एक काम र एक ठाँउ हो । एकता त द्दण्द्धढ सालमा पोखरा मै भएको थियो तर पछि आ आफ्नो ठाउँ मै भै रह्यो त्यस्तो खालको एकता एकताको नाममा केही लाई मात्र स्वार्थ सिद्ध हुने खालको खेलो नहोस् आम तमुहरुमा भावनात्मक एकता होस् यहि कामना तमु नयाँवर्षतथा तमु ल्होसारको शुभकामना । ज्ञासाजे (ओर्छे) धन्यवाद !

भिम तमू , देवदह रुपन्देही
bhimgurung1@yahoo.com

Devdaha Mother Tongues Academy को बृत्त चित्र छायाङकन

Filed under: Info

सम्पुर्ण तमू (गुरुङ) साथीहरु तथा बुद्धीजीवी तमू मित्रहरुमा नमस्कार र छयाजलो फ्याफुल्ला ।

तमू भाषा [Gurung Language] पढाउने पहिलो र एक मात्र स्कुल [Devdaha Mother Tongues Academy] को तमू भाषा पठनपाठन सम्वन्धी गतिविधि, यसको सवल पक्ष्य, दुवल पक्ष्य यसले गर्नु पर्ने बाकी कामहरु र यो स्कूलको स्थापना काल २०५५ साल देखिको सुःख, दुःखको कुराहरु समेटिएर एउटा [Documentary] बृत्त चित्र स्कुलको [Annual Function] एनुयल फङशन को अवसरमा माघ २२ मा [Shutting] सुटिङ छायाङकन गरिने भएको छ । त्यस्तै गरी स्कुललाई संसार भरी चिनाउनको लागि [Website] वेभसाइट समेत निर्मण गर्ने भएकोले सम्पुर्ण तमू बुद्धीजीवीहरु तथा शुभेच्छुक तमु साथीहरुबाट दुवैवटा कार्यमा समावेश गरिने कुराहरु बारेमा सल्लाह, सुझावको हार्दिक अपेक्ष्या गर्दछु ।

Bhim Gurung
MD & Founder
Chief Teacher Tamu Kyui

Phone:
9857026296 (Personal)
071690192 (School)

Email:
bhimgurung1@yahoo.com (personal)
dmta_2055@yahoo.com (school)

पुष १५ अर्थात् गुरुङहरुको “ल्हो-क्षार”

Filed under: Article

सौरमण्डलमा उपस्थित तथा अन्य ग्रहहरुको गति र स्थितिले मानवीय जीवनमा ठूलो प्रभाव पार्दछ । प्राचीनकालमा जब बैज्ञानीक अविष्कारहरु शैशव अवस्थामै थिए त्यस बेला त यिनको महत्व झनै बढी थियो । समयनिर्धारण तथा ऋतुपरिवर्तन जस्ता सिद्धान्तहरुको प्रतिपादनमा यी आकाशीय पिण्डहरुको ठूलै महत्व हुन्थ्यो । यो तथ्य त र्सवविदित नै छ कि रात र दिनको निर्माणमा पनि यी खगोलीय पिण्डहरुको अह्म भूमिका रहन्छ । मौसम र समय परिवर्तनमा त यिनको प्रभाव झनै प्रत्यक्ष देख्न सकिन्छ । प्राचीनकालमा यस प्रकारका ज्ञान र बिज्ञानले निकै ठाउँ पाउँथ्यो । प्रत्येक वर्ष पुष १५ को दिन गुरुङहरुले मान्ने “तोल-लो-क्षार” पनि यसैको उपज हो । गुरुङहरु के कुरामा विश्वास गर्छन् भने- पुष १५ देखि पृथ्वीको उत्तरी गोलार्दमा सुर्यको किरण सोझो पर्न थाल्दछ र रात लामो र दिन छोटो हुने क्रम अन्त भई रात छोटो र दिन लामो हुने क्रम आरम्भ हुन्छ । त्यसकारण संसारैभरिका गुरुङहरु पुष १५ को दिन पुरानो ल्हो (वर्ग) लाई बिदा गर्दै नयाँ ल्हो (वर्ग) को स्वागत गर्छन् र यसैलाई नयाँ वर्षअर्थात् “ल्हो-क्षार” को रुपमा खुशीका साथ मनाउँछन् । (more…)

“साउदी अरबको हाराधमा नेपालीहरुको तेश्रो सफलता”

Filed under: News

साउदी अरबियाको एक प्रतिष्ठित कम्पनी साउदी आरामको आयल कम्पनीद्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा बिभिन्न मुलुकका नागरिकहरुको सहभागिता रहेको थियो । हाराध स्थित सोहि कम्पनीको क्याम्पमा गरिएको उक्त प्रतियोगितामा जम्मा ९ समुहहरुले सहभागिता जनाएका थिए । जसमा नेपालीहरुको तर्फबाट समुह “क” र “ख” गरि दुई समुहले भाग लिएको थियो । प्रतिस्पर्धी ९ समुहहरुलाई कडा प्रतिस्पर्धाको साथ पछि पार्दै नेपाली तर्फ दुबै समुह अन्तिम चरणमा पुगेर प्रथम र द्धितीय पुरस्कार आफ्नो पोल्टोमा परेका थिए । इस्लामिक धर्म समुदायहरुको महान पर्व इदको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पुरस्कार बितरण कार्य भने अक्टोवर १३ तारिख एक रात्रि भोजको साथमा गरिएको थियो । पुरस्कार उक्त कम्पनीको मेनेजर सहित उच्च तहका बरिष्ठ पदाधिकारीहरुद्धारा प्रदान गरिएको थियो । (more…)

बिजया दशमी तथा दिपावलीको शुभ-कामना

Filed under: Wishes

२०६५ सालको बिजया दशमी तथा दिपावलीको सुखद उपलक्ष्यमा तपाई र तपाईहरुको सम्पुर्ण परिवार प्रति माता दुर्गा भवानीले सधै रक्षा गरुन् साथै नयाँ खुशि नयाँ उमंग छाओस् भनि उतर्-उतर् प्रगतिको कामना गर्दै सुख शान्ति सम्रीदि एबम् दिर्घयुको हार्दिक् मंगलमय शुभ-कामना ।

तपाईहरुको शुभ-चिन्तक
राज तमु






















Visitors
Walmart Coupons
©Copyright 2005, www.rajtamu.blogsome.com All Rights Reserved